अमेरिकी डलरकाे मूल्य स्थिर रहँदा युराे, पाउण्ड र अस्ट्रेलियन डलर बढ्याे
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। शुक्रबारदेखि अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसामा स्थिर रहेकाे छ।
यता युराे, पाउण्ड र अस्ट्रेलियन डलरकाे भाउ भने बढेकाे छ। आज युराेपियन युरो एककाे खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, पाउन्ड स्ट्रलिङ एककाे खरिददर १९६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९७ रुपैयाँ २८ पैसा र अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा ताेकिएकाे छ ।
हिजाे युराेपियन युरो एककाे खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा , पाउन्ड स्ट्रलिङ एककाे खरिददर १९५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा र अस्ट्रेलियन डलर एकको खरिददर ०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा थियो।
यस्तै क्यानडियन डलर एककाे खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २४ पैसा र बिक्रीदर २१ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
खाडी मुलुकतर्फ साउदी अरबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४० रुपैयाँ २४ पैसा तथा संयुक्त अरब इमिरेट्स (यूएई) दिराम एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
यसैगरी कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४८० रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ७५ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ५५ पैसा पुगेको छ । युरोपेली अन्य मुद्राहरूमा स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा, ड्यानिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८७ पैसा तथा हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा कायम भएको छ ।













