सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले घट्यो, चाँदी कति ?
काठमाडौं । आज सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ३७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी, रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य समेत तोलामा ६५ रुपैयाँले घटेको छ । आज चाँदी ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।













