फेरी ३८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३८ सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख १७ हजार रुपैयाँमा पुगेको छ ।
महासंघका अनुसार आज चाँदी ३१० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ७२० रुपैयाँमा पुगेको छ ।













