५ आश्विन २०८३, सोमबार

७ महिनामा मोबाइल बैंकिङबाट ५ खर्ब ५८ अर्ब ५० करोड कारोबार



काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को ७ महिनाको अवधिमा मोबाइल बैंकिङबाट ५ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मोबाइल बैंकिङअन्तर्गत ६ करोड ७३ लाख कारोबार भएको छ । 

२०८२ माघमा डेबिट कार्ड प्रयोगकर्ताहरूले ९८ लाख कारोबार मार्फत ७५ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ । 

क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड ६२ लाख कारोबार मार्फत १ खर्ब २५ अर्ब २१ करोड रुपैयाँ कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।