अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्दा पाउण्ड घट्याे, कति छ अन्य विदेशी मुद्राको भाउ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्दा पाउण्ड घट्याे, कति छ अन्य विदेशी मुद्राको भाउ ?



काठमाडाैं । बिहिबार अमेरिकी डलर, अष्ट्रेलियन डलर र पाउण्डकाे भाउ बढेकाे छ भने युरो र स्विस फ्र्याङ्ककाे भाउ घटेकाे छ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

हिजाे अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको थियाे ।

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा र युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा ताेकिएकाे छ।

हिजाे अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा र युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा थियाे ।

यसैगरि आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा र स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

हिजाे युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा र स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८३ पैसा थियाे ।

केन्द्रीय बैङ्कका अनुसार क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९३ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४० पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४८ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ एक पैसा र बिक्रीदर ४० रुपैयाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ दुई पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ सात पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८२ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ६ पैसा र बिक्रीदर ४८२ रुपैयाँ दुई पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८१ पैसा र ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ३० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्