अमेरिकी डलर र युरोकाे भाउ बढ्याे, कति छ अन्य विदेशी मुद्राकाे विनिमय दर ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकी डलर र युरोकाे भाउ बढ्याे, कति छ अन्य विदेशी मुद्राकाे विनिमय दर ?



काठमाडाैंफ । शुक्रबार अमेरिकी डलर र युरोकाे भाउ बढेकाे छ भने पाउण्ड, अष्ट्रेलियन डलर र स्वीस फ्रयाङ्क घटेकाे छ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा र युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा निर्धारण भएकाे छ।

हिजाे अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा र युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा थियाे ।

यता आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३२ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा ताेकिएकाे छ।

हिजाे युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा, आज अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा र स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा कायम भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्