४८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको छ ।
शुक्रवार प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । महासंघका अनुसार २२५ रुपैयाँले घटेको छ ।
शुक्रवार प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार २२७० रुपैयाँमा कारोबार भएको छ ।













