४८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

४८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको छ । 

शुक्रवार प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । महासंघका अनुसार २२५ रुपैयाँले घटेको छ । 

शुक्रवार प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार २२७० रुपैयाँमा कारोबार भएको छ । 


प्रतिक्रिया दिनुहोस्