अन्तिममा सामान्य अंकले बढ्यो नेप्से, १४ अर्ब ३२ करोडको कारोबार  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अन्तिममा सामान्य अंकले बढ्यो नेप्से, १४ अर्ब ३२ करोडको कारोबार 



काठमाडौं । आज साताको पहिलो कारोबारका दिन शेयर बजार सामान्य अंकले बढेको छ । दिनभर उतारचढाव भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुँदा भने सामान्य अंकले बढेर बन्द भएको छ । 

आज नेप्से ४.४५ अंकले बढेको छ । बजार बन्द हुँदा नेप्से ०.१५ प्रतिशतले बढेर २८२४.९० विन्दुमा पुगेको छ । 

आज दिनभरमा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको ३ अर्ब ९५ करोड ४९ हजार ३३ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा १२४  वटा कम्पनीको शेयर मूल्य बढेको छ भन १३० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३५० वटा कम्पनी कारोबारमा आउँदा १ लाख २४ हजार ४९० पटक शेयर किनबेच भएको छ । 


प्रतिक्रिया दिनुहोस्