हिमालयन बैंकको ८ लाख ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । हिमालयन बैंकले संस्थापक समूहको ८ लाख ३८ हजार १४९.६३ कित्ता शेयर बिक्रीमा ल्याएको छ। हालका लागि यो शेयर खरिद गर्न बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक शेयरधनीहरूलाई शेयर खरिदका लागि ३५ दिनको समय सीमा तोकिएको छ। आवेदन दिन चाहने शेयरधनीहरूले काठमाडौँको कमलादीस्थित बैंकको कानुन विभागमा सम्पर्क गरी निवेदन पेस गर्नुपर्नेछ।
यदि तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरूबाट खरिदका लागि आवेदन नपरेमा मात्र उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूका लागि खुला गरिने बैंकले जनाएको छ।













