अमेरिकी डलरकाे भाउ घट्दा युराे पाउण्ड लगायत अधिकांश मुद्राकाे भाउ बढ्याे - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकी डलरकाे भाउ घट्दा युराे पाउण्ड लगायत अधिकांश मुद्राकाे भाउ बढ्याे



काठमाडाैं । मंगलबार अमेरिकी डलरकाे मूल्यमा झिनाे गिरावट देखिएकाे छ भने युराे, पाउण्ड, स्वीस फ्रयाङ्क र अष्ट्रेलियन डलरकाे भाउ बढेकाे छ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । हिजाे अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा थियाे ।

यता आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ २७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०३ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा ताेकिएकाे छ।

हिजाे युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा ताेकिएकाे थियाे ।

यस्तै आज क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०८ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८५ पैसा जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४० पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९३ पैसा , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ८८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्