सुनको मूल्य तोलमा ४०० रुपैयाँले बढ्यो, चाँदीको कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य तोलमा ४०० रुपैयाँले बढ्यो, चाँदीको कति ?



काठमाडौं । सुनको मूल्य तोलमा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ९ हजार ९०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्