सुनको मूल्य २२ सय रुपैयाँले घट्यो, चाँदीको ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य २२ सय रुपैयाँले घट्यो, चाँदीको ? 



काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको हो । 

मंगलबार प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य पनि उच्च दरमा गिरावट आएको छ । आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार १५० रुपैयाँ कायम भएको छ । 


प्रतिक्रिया दिनुहोस्