आज एकै दिन सुनको मूल्य ५४ सय रुपैयाँले घट्यो, कतिमा पुग्यो कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज एकै दिन सुनको मूल्य ५४ सय रुपैयाँले घट्यो, कतिमा पुग्यो कारोबार ? 



काठमाडौं । आज सनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५४ सय रुपैयाँले घटेको छ । 

बुधवार प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्यमा समेत उच्च गिरावट देखिएको छ । आज चाँदी प्रतितोला १४० रुपैयाँले घटेको महासंघले जनाएको छ । 

बुधवार प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार १० रुपैयाँ प्रतितोला कारोबार भइरहेको महासंघले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्