आज डलरकाे भाउ स्थिर, घट्याे अधिकांश विदेशी मुद्राकाे भाउ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज डलरकाे भाउ स्थिर, घट्याे अधिकांश विदेशी मुद्राकाे भाउ



काठमाडाैं । शुक्रबार अमेरिकी डलरकाे भाउ स्थिर रहँदा युराे पाउण्ड तथा अस्ट्रेलियन डलरकाे भाउ घटेकाे छ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण भएकाे छ। हिजाे पनि अमेरिकी डलर यहि मूल्यमा काराेबार भएकाे थियाे ।

यस्तै आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रुपैयाँ १९ पैसा र स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा कायम भएकाे छ ।

हिजाे युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८७ पैसा कायम भएकाे थियाे ।

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ११ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा पैसा कायम भएकाे छ।

हिजाे अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा र क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४४ पैसा ताेकिएकाे थियाे।


प्रतिक्रिया दिनुहोस्