इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका बिजेताहरुलाई पुरस्कार वितरण
काठमाडौं । नेपालको अग्रणी राइड–हेलिङ एप तथा विश्वव्यापी मोबिलिटी एवं शहरी सेवा प्लेटफर्म इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत पुरस्कार वितरण गरेको छ । उक्त अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।
१५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको तीन साताको यस अभियानको मुख्य उद्देश्य उत्कृष्ट प्रदर्शन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने चालक साझेदारहरूको पहिचान गरी सम्मान गरेको हो ।
साप्ताहिक चुनौतीहरू, आकर्षक प्रोत्साहन तथा दुईवटा प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले उत्कृष्ट र प्रतिबद्ध चालक साझेदारहरूको योगदानलाई उच्च मूल्याङ्कन गरेको छ। अभियानका प्रमुख विजेता
TATA Xpres-T EV (क्याब चालक श्रेणी): तुम बहादुर थापा मगर
TVS Raider (बाइक/मोटो राइडर श्रेणी): अशेष मगर
उक्त दुवै विजेताहरू तीनै हप्ताभर निरन्तर प्लेटिनम स्तर कायम राख्दै सबै मापदण्ड पूरा गर्ने चालक साझेदारहरूबाट छनोट भएका हुन् । ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो ।
● १५ जना विजेतालाई Redmi Note 14 5G स्मार्टफोन
● ३० जना विजेतालाई Ultima Atom 192 ब्लुटुथ इयरबड्स
● ३० जना विजेतालाई Ultima Circle स्मार्ट वाच
● १,५०० जना विजेतालाई पेट्रोल भौचर
पुरस्कार प्राप्तिपछि प्रतिक्रिया दिँदै तुम बहादुर थापा मगरले भने, “हाम्रो मेहनत र समर्पणको कदर गरेकोमा म इनड्राइभप्रति हार्दिक आभारी छु । प्लेटिनम स्तर कायम राख्न निरन्तरता, अनुशासन र उत्कृष्ट सेवा आवश्यक हुन्छ । यो उपलब्धिले आगामी दिनमा अझ राम्रो सेवा दिन प्रेरणा दिएको छ ।”
राइडर साझेदार अशेष मगरले भने, “ग्रान्ड पुरस्कार जित्न पाउँदा निकै खुशी लागेको छ। यस अभियानले आफ्नो प्रदर्शन सुधार गर्न र सेवा स्तर कायम राख्न प्रेरित गरेको छ। यो उपलब्धि मेरो र मेरो परिवारका लागि गर्वको विषय हो।”
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राईले विजेताहरूलाई बधाई दिँदै भने, “हाम्रा चालक साझेदारहरू नै नेपालमा इनड्राइभको सफलताको आधार हुन् । उहाँहरूको समर्पणको सम्मान गर्दै हामीले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान सञ्चालन गरेका हौँ । यस अभियानले चालक साझेदारहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै उनीहरूलाई सशक्त बनाउन सहयोग गरेको छ। आगामी दिनहरूमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरू ल्याउने हाम्रो प्रतिबद्धता छ ।”
इनड्राइभका लागि चालकहरू केवल सेवा प्रदायक मात्र नभई समुदायका महत्वपूर्ण सदस्य हुन्। कम्पनीले उनीहरूको योगदानको सम्मान गर्दै निष्पक्षता, पारदर्शिता र रोजाइमा आधारित सेवामार्फत दिगो विकासतर्फ अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ ।












