१६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आज सुनको मूल्य फेरी घटेको छ । आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ रहेको सुन आज घटेर २ लाख ७३ हजार ९०० रुपैयाँमा आएको छ ।
चाँदीको भने बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ८० रुपैयाँले बढेको हो ।
सोमबार चाँदी तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ४ हजार ५०५ रुपैयाँ कायम भएको छ ।













