आजकाे विनिमयदरः अमेरिकी र अष्ट्रेलियन डलर घट्दा युराे र पाउण्डकाे भाउ घट्याे - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आजकाे विनिमयदरः अमेरिकी र अष्ट्रेलियन डलर घट्दा युराे र पाउण्डकाे भाउ घट्याे



काठमाडाैं । बुधबार अमेरिकी र अष्ट्रेलियन डलरको भाउ सामान्य रुपमा घटेको छ भने युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांकको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा ताेकिएकाे छ।

हिजाे अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २७ पैसा थियो ।

यता आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा र स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम भएको छ ।

हिजाे युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा र स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा कायम गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार आज क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६६ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा तथा चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८३ पैसा छ ।

यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४० रुपैयाँ ०९ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४१ रुपैयाँ १९ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा तथा युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९७ पैसा छ ।

यता मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०४ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा तथा कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४९० रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ६० पैसा तथा ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८८ पैसा तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्