सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीको संस्थापक शेयर धनी उषा अग्रवालको नाममा रहेको शेयर बिक्रीमा रहेको हो ।
अग्रवालको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयरमा हाल कायम रहेका संस्थापक शेयर धनीले मात्र आवेदन दिन मिल्छ ।
३५ दिन भित्र आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थालाई उक्त शेयर बिक्रीको लागि खुल्ला गरिने छ ।
आवेदन दिन चाहनेले काठमाडौंको थापाथलीस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा आफूले किन्न चाहेको शेयर संख्या र मूल्य समेत उल्लेख गरी शिरबन्दी बोलपत्र पेस गर्नु पर्नेछ ।













