एकैदिन ४ हजार ६००रुपैयाँले घट्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एकैदिन ४ हजार ६००रुपैयाँले घट्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा भारी गिरावट देखिएको छ। हिजो तोलामा २९०० रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुन २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । यस दिन तोलामा १५० रुपैयाँले घटेर चार हजार ६७० कायम भएको छ । अघिल्लो दिन चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्