आज सुनको मूल्य २५ सय रुपैयाँले घट्यो, चाँदीको के भयो ?
काठमाडौं । आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा आएको छ ।
चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेको छ ।
आइतबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ७२० रुपैयाँमा कारोबार भएको छ ।













