अमेरिकी डलरको भाउ बढ्दा युरो, पाउण्ड र अष्ट्रेलियन डलर घट्याे
काठमाडाैं । मंगलबार अमेरिकी डलरको भाउ बढेकाे छ भने युरो, पाउण्ड, स्वीस फ्रयांक र अष्ट्रेलियन डलरको भाउ घटेकाे छ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विनिमयदर दर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको थियो ।
यता आज युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९० रुपैयाँ २३ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा छ ।
हिजाे युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा थियो ।
आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २२ पैसा कायम गरिएको छ। त्यस्तै, सिंगापुर डलरको खरिददर ११७ रुपैयाँ ४१ पैसा रहँदा बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा पुगेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकिएको छ भने चिनियाँ युआनको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ रहेको छ।
खाडी मुलुकका मुद्राहरूमा साउदी अरब रियालको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा रहेको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा कायम हुँदा संयुक्त अरब इमिरेट्स (यूएई) दिरामको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा तोकिएको छ। यस्तै, मलेसियन रिंगिटको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा रहेको छ।
दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा कायम भएको छ। युरोपेली मुद्राहरूमा स्वीडिस क्रोनरको बिक्रीदर १६ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनरको २३ रुपैयाँ ३८ पैसा रहेको छ। हङकङ डलरको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा तोकिएको छ।
उच्च विनिमय दर भएका मुद्राहरूमा कुवेती दिनारको खरिददर ४९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ३२ पैसा रहेको छ। बहराइन दिनारको खरिददर ४०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा कायम हुँदा ओमान रियालको खरिददर ३९३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९६ पैसा तोकिएको छ।













