हवाई इन्धनको मूल्यमा भारी वृद्धि, आन्तरिकतर्फ १२६ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ ८१८ डलर बढ्याे
काठमाडौं । हवाई इन्धनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै हवाई इन्धनको मूल्य दोब्बर बढाएको हो ।
नयाँ मूल्य आज बिहान एक बजेदेखि लागु भएको छ। निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यमा प्रतिलिटर १५० रुपैयाँले वृद्धि गरेको छ। यसअघि आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ रहेकोमा अब बढेर २५१ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय उडानतर्फको इन्धनमा पनि निगमले भारी वृद्धि गरेको छ। काठमाडौँका लागि यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेकोमा ८१८ डलरले वृद्धि गरी १,७८४ डलर पुर्याइएको छ।
यस्तै पोखरा र भैरहवाका लागिस् पोखरामा प्रति किलोलिटर १,७३२ डलर र भैरहवामा १,७१६ डलर कायम गरिएको छ।













