७४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, ३ लाख नजिक पुग्यो सुन
काठमडौं । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन करिब ३ लाख रुपैयाँ नजिक पुगेको छ । हिजो प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ ।
आज चाँदी भने १०० रुपैयाँले बढको महासंघले जनाएको छ । हिजो प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।













