प्रभु इन्स्योरेन्सको साधारणसभा वैशाख ९ मा, लाभांश पारित मुख्य एजेन्डा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु इन्स्योरेन्सको साधारणसभा वैशाख ९ मा, लाभांश पारित मुख्य एजेन्डा



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आगामी वैशाख ९ गते बुधबार आफ्नो तीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको तिनकुनेस्थित ‘प्रभु कम्प्लेक्स’ मा बिहान ११ बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८१/०८२ को लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.७० प्रतिशत (१४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँ) बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत (७७ लाख ८८ हजार ५८८ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यसका साथै सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ ।

बोनस सेयर जारी भएपश्चात वृद्धि हुने पूँजीअनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव समेत सभामा पेश हुनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते ’बूक क्लोज’ गर्ने जनाएको छ ।
यसअनुसार चैत २५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्