सुनको मूल्य तोलामा ३ हजार ६०० रूपैयाँले घट्यो, चाँदी पनि सस्तियो
काठमाडाैं । बिहिबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। हिजाे ७ हजार ४०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज प्रतिताेला ३ हजार ६०० रूपैयाँले घटेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे म्ल्य ताेलाकाे २ लाख ९४ हजार रूपैयाँ ताेकिएकाे छ। हिजाे छापावाल सुन प्रतिताेला २ लाख ९७ हजार ६०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदी पनि ताेलामा १६५ रूपैयाँ घटेकाे छ। हिजाे प्रतिताेला ४ हजार ९ सय ४५ रूपैयाँमा काराेबार भएकाे चाँदी यसदिन ४ हजार ७ सय ८० रूपैयाँ ताेकिएकाे छ।













