आज सुनको मूल्य स्थिर, चाँदीको ५० रुपैयाँले बढ्यो  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज सुनको मूल्य स्थिर, चाँदीको ५० रुपैयाँले बढ्यो 



काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो । 

बिहीबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य भने ५० रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ८३० रुपैयाँ कायम भएको छ । 


प्रतिक्रिया दिनुहोस्