डलर र पाउण्डको भाउ घट्दा युरो महँगियो, हेर्नुहोस् बुधबारका लागि २१ देशकै विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र स्वीस फ्रयाङ्कको भाउ घटेको छ भने युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा र युके पाउण्ड स्टर्लिङको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा कायम भएको छ। भने स्वीस फ्रयाङ्कको आज खरिददर १८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा छ ।
हिजो अमेरिकी डलर एककाे खरिद १४८ रूपैयाँ ६० पैसा र बिक्रीदर १४९ रूपैयाँ २० पैसा थियो भने युके पाउण्ड स्टर्लिङको खरिददर १९६ रूपैयाँ ६८ पैसा र बिक्रिदर १९७ रूपैयाँ ४७ पैसा थियाे । यस्तै हिजाे स्वीस फ्रयाङ्कको खरिददर १८६ रुपैयाँ ११ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा थियाे ।
यता युरोपियन युरो एकको आज खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा र अष्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
हिजाे युरो एकको आज खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा र अष्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३२ पैसा थियाे।
अन्य विदेशी मुद्राहरूमा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ०८ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६६ पैसा र बिक्रीदर २१ रुपैयाँ ७५ पैसा कायम भएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा रहँदा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा कायम भएको छ।
थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४४ पैसा र बिक्रीदर ४० रुपैयाँ ६० पैसा र मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा रहेको छ।
दक्षिण कोरियाली वन १०० को खरिददर ०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ०९ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा तोकिएको छ।
यता हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९७ पैसा र ओमानी रियाल एकको खरिददर ३८५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।













