सन नेपाल लाइफ इन्स्योरेन्समा निमित्त सीइओमा कवि फुयाल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सन नेपाल लाइफ इन्स्योरेन्समा निमित्त सीइओमा कवि फुयाल



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सकाे निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीइओ) को जिम्मेवारी कवि फुयालले पाएका छन्।

कम्पनीका बहालवाला सीइओ राजकुमार अर्याल प्रहरी नियन्त्रणमा परेपछि सञ्चालक समितिको मंगलबार बसेको बैठकले वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत फुयाललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सीइओ अर्याललाई चैत १६ गते पक्राउ गरेको थियो। उनीमाथि कर्मचारीका लागि छुट्याइएको ४ लाख ८० हजार कित्ता सेयर वितरणमा मनोमानी र अनियमितता गरेको आरोप लागेको छ।

सेयर वितरण प्रकरणमा सीआइबीले अनुसन्धान सुरु गरेसँगै उत्पन्न प्रशासनिक रिक्ततालाई व्यवस्थापन गर्न कम्पनीले फुयाललाई निमित्त भई काम गर्ने अख्तियारी दिएको इन्स्योरेन्सले जनाएको छ। बीमा क्षेत्रमा लामो अनुभव सँगालेका फुयालले अब अर्को व्यवस्था नभएसम्म कम्पनीको दैनिक कार्यसञ्चालन र नेतृत्व सम्हाल्नेछन्।


प्रतिक्रिया दिनुहोस्