विदेशी मुद्रा विनिमय दर: डलरको मूल्यमा गिरावट, युरो र पाउण्ड र अष्ट्रेलियन डलरकाे भाउ बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विदेशी मुद्रा विनिमय दर: डलरको मूल्यमा गिरावट, युरो र पाउण्ड र अष्ट्रेलियन डलरकाे भाउ बढ्यो



काठमाडाैं । बिहिबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने अष्ट्रेलियन डलर, युरो र पाउण्ड स्टर्लिङ लगायतका मुद्राको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

हिजाे अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा थियाे ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा छ। हिजाे अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा थियाे ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २१९९ रुपैयाँ ९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा र स्वीस फ्रयाङ्कको खरिददर १८७ रुपैयाँ ७० पैसा र बिक्रीदर १८८ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

हिजाे युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा र स्वीस फ्रयाङ्कको खरिददर १८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा थियाे ।

आज क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ११ पैसा, सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ १० पैसा र बिक्रीदर ११६ रुपैयाँ ५७ पैसा र जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा कायम भएको छ।

खाडी मुलुकका मुद्राहरूमा साउदी अरबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा कायम भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को दिराम एकको खरिददर ४० रुपैयाँ २५ पैसा र बिक्रीदर ४० रुपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा तोकिएको छ।

यसैगरी, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ३१ पैसा पुगेको छ भने बहराइन दिनारको खरिददर ३९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३२ पैसा कायम भएको छ। ओमानी रियाल एकको खरिददर ३८४ रुपैयाँ र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा रहेको छ।


प्रतिक्रिया दिनुहोस्