नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा र नयाँ नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ।

सदस्यता सम्बन्धी विवाद सुल्झाउन माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले बिहीबार यस्तो आदेश दिएको हो। न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकहरूको मागलाई उचित ठहर गर्दै अन्तरिम आदेश जारी गरेको छ।

यसअघि २०८१ फागुन १६ गते जारी भएको परमादेश अनुसार सदस्यता दिने विषयमा कुनै ठोस निर्णय नगरेसम्म साधारणसभाका गतिविधिहरू अगाडि नबढाउन अदालतले विपक्षी महासंघको नाममा स्पष्ट निर्देशन दिएको छ।

यसअघि चैत २३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको अदालतले अन्ततः पेट्रोलियम ढुवानी व्यवसायीहरूको पक्षमा फैसला सुनाएको हो।

‘२०८१/११/१६ मा जारी भएको परमादेश बमोजिम निर्णय नगरी विपक्षी संस्थाको साधारण सभा हुँदा यी निवेदकहरु समेतलाई असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारण सभा नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ’ आदेशमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्