ताेलामा २२०० रूपैयाँले बढ्याे सुनकाे भाउ, चाँदीकाे कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ताेलामा २२०० रूपैयाँले बढ्याे सुनकाे भाउ, चाँदीकाे कति ?



काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ। हिजाे ताेलामा ४ हजार ३०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज प्रतिताेला २२ सय रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ९०० रूपैयाँमा किनबेच भइरहेको छ। बिहिबार सुन प्रतितोला दुई लाख ९४ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीकाे भाउ पनि ताेलामा ८५ रूपैयाँ बढेकाे छ। हिजाे प्रतिताेला ४ हजार ८७५ रूपैयाँमा काराेबार भएकाे चाँदी आज प्रतिताेला ४ हजार ९ सय ६० पुगेकाे छ।


प्रतिक्रिया दिनुहोस्