२०८२ सालको अन्तिम दिन घट्यो सुनचाँदीको मूल्य  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२०८२ सालको अन्तिम दिन घट्यो सुनचाँदीको मूल्य 



काठमाडौं । यो वर्ष २०८२ सालको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

आइतबार प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । 

वर्षको अन्तिम दिन आज चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ९०० रुपैयाँ कायम भएको छ । 


प्रतिक्रिया दिनुहोस्