मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन मिल्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको संस्थापक शेयर धनीको नाममा हरेको संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीले संस्थापक समूहको २ लाख ५८ हजार १८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरमा सर्वसाधारणले समेत खरिद गर्ने पाउने छन् । शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ तोकिएको छ । खरिद गर्नेले न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्ने छन् ।
आवेदन वैशाख ८ गतेदेखि वैशाख १६ गतेभित्र पेस गर्नुपर्ने कम्पनीले निष्कासन गरेको सूचनामा उल्लेख छ ।
बिक्री अवधिभर परेका बोलपत्रहरू वैशाख १७ गते अपराह्न ४ बजे सानिमा क्यापिटलको कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिने बैंकले जानकारी दिएको छ ।













