आमाको मुख हेर्ने दिन ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज मुख हेर्ने दिन सुनको भाउ घटेको छ । आज ३ हजार रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी १२० रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार १३० रुपैयाँ कायम भएको छ ।













