सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
महासंघका अनुसार चाँदी तोलामा ९५ रुपैयाँले बढेरको छ । आज चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ ।













