७ श्रावण २०८३, बिहिबार

थापाथलीका सुकुमवासीको नारा–‘रवि लामिछाने छाती थाप्न आऊ’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले काठमाडौंको थापाथलीको सुकुमवासी बस्ती हटाउन आज (शुक्रवार)सम्मको अल्टिमेटम दिएको छ । सरकारले जबरजस्ती बस्ती खाली गराउन खोजेको भन्दै त्यहाँका स्थानीय आन्दोलित भएको छन् । 

आन्दोलनमा उत्रिएका युवाहरूले ‘रवि लामिछाने छाती थाप्न आऊ’ भन्दै नारा लगाइरहेका छन् । 

निर्वाचन अगाडि रास्वपाका सभापति समेत रहेका लामिछानेले आफ्नो सरकारले सुकुमवासी बस्तीमा डोजर चलाउन आएको खण्डमा आफू छाती थाप्न आउने भन्दै अभिव्यक्ति दिएका थिए । 

अहिले बालेन नेतृत्वको सरकारले काठमाडौंका विभिन्न स्थानको सुकुमवासी बस्ती खाली गराउन अल्टिमेटम दिएको छ । पहिलो चरणमा थापाथलीको सुकुमवासी बस्ती खाली गराउने तयारीमा सरकार देखिएको छ । 

थापाथलीकामा बस्तै आएका कतिपय सुकुमवासी ले भने बस्ती खाली गराउन धमाधम थालिरहेका छन् । तर कतिपय युवाहरू भने आन्दोलनमा उत्रिएका छन् । 

आन्दोलनमा उत्रिएका युवाहरूले ‘सरकार तेरो पाराले दुख पायो सारले, डोजर आतंक बन्द गर, रबी लामिछाने छाती थाप्न आउँ, सुकुमवासी लाई जग्गा चाहियो, सुकुमवासीलाई लाल पुर्जा वितरण गर, सुकुमवासी को गाँस बास कपास सुनिश्चित गर’ जस्ता नाराहरू लगाएका छन् । 

गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि अहिले गृह मन्त्रालय समेत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मातहतमा हरेको छ । बालेनले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । 

बालेनको निर्देशन पछि काठमडौंका सिडियो ईश्वरराज पौडेलले जिल्ला सुरक्षा समितिको बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल सहितका अधिकारीसँग बस्ती खाली गराउने निर्णय गराएका थिए । 

उक्त निर्णय पछि बिहीबार बेलुकानै प्रहरीले बस्ती खाली गराउन भन्दै माइकिङ गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस्