युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारायणकुमार भट्टराई नियुक्त भएका छन्। कम्पनीको चैत १० गते सम्पन्न सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी कार्यकालका लागि नेतृत्व सुम्पिने निर्णय गरेको हो।

यसअघि साविकको गुराँस लाइफ इन्स्योरेन्समा सीईओको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका भट्टराईसँग बीमा क्षेत्रको लामो र परिपक्व अनुभव रहेको छ।

कम्पनीका निवर्तमान सीईओ कमल गौतमले आफ्नो पदबाट राजीनामा दिएपछि उक्त स्थान रिक्त रहेको थियो।


प्रतिक्रिया दिनुहोस्