आज तोलामा २७ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज तोलामा २७ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । आइतबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ। गत शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला २७ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला २ लाख ९९ हजार २०० रूपैयाँ ताेकिएकाे छ।गत शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार५०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि ताेलामा ५० रूपैयाँ बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन ४ हजार ९ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्