आजके विनिमय दरः बढ्यो अधिकांश विदेशी मुद्राको भाउ, एक अमेरिकी डलर किन्न १५२ रुपैयाँ तिर्नु पर्ने
काठमाडौँ । बिहिबार अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, युरो, पाउण्ड र स्वीस फ्रयाङ्क लगायत अधिकांश विदेशी मुद्राकाे भाउ बढेकाे छ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६ पैसा तोकिएको छ ।
हिजो अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको थियो ।
आज युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्टर्लिङ्ग एकको खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा र स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६८ पैसा ताेकिएकाे छ।
हिजो युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा र स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९२ पैसा थियो ।
आज अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा थियो ।
यस्तै आज क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७२ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा, जापानी येनकाे खरिददर ९ रूपैयाँ ४८ पैसा, बिक्रिदर ९ रूपैयाँ ५१ पैसा, चिनिया युआन खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा रहेकाे छ।














