सुनको मूल्य फेरि ३ लाख नजिक, आज सुन १८०० र चाँदी १०० रुपैयाँले बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य फेरि ३ लाख नजिक, आज सुन १८०० र चाँदी १०० रुपैयाँले बढ्यो



काठमाडाैं । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा पनि सुन प्रतितोला ५ हजार ८०० रूपैयाँ बढेर दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै आज चाँदी प्रतितोला १०० रूपैयाँले बढेर पाँच हजार १५५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला १७५ रूपैयाँले बढेर पाँच हजार ५५ रुपैयाँ खरिदबिक्री भएको थियो।


प्रतिक्रिया दिनुहोस्