शुक्रबार पनि बढ्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शुक्रबार पनि बढ्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी तोलामा १२० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छटापावाल सुनकाे मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँ ताेकिएको छ।

बिहीबार सुन प्रतितोला १८०० रूपैयाँ बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य ५ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार ५ हजार १ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको शुक्रबार मूल्य वृद्धि भएको हो ।


प्रतिक्रिया दिनुहोस्