आइतबार सुनको भाउ ताेलामा १ हजारले घट्यो, चाँदी भने महँगियो
काठमाडौं । आइतबार नेपाली बजारमा आज सुनको भाउ घटेको छ । अघिल्लाे काराेबार दिन ताेलामा १३०० रूपैयाँ बढेकाे सुकाे भाउ आज १ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । गत शुक्रबार तोलाको ५ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतिताेला ५ हजार ३०० रूपैयाँ पुगेकाे छ।













