शुक्रबार ताेलामा ४००० रूपैयाँले घट्याे सुनकाे भाउ, चाँदीकाे कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शुक्रबार ताेलामा ४००० रूपैयाँले घट्याे सुनकाे भाउ, चाँदीकाे कति ?



काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारि गिरावट भएको छ। हिजाे ताेलामा ३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य यस दिन प्रतितोला ४ हजार रुपैयाँ घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै आज चाँदीकाे भाउ पनि तोलामा ३५५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारकाे बजारमा चाँदी प्रतितोला पाँच हजार ७४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।


प्रतिक्रिया दिनुहोस्