बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 



काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर २ लाख ९५ हजार ३०० रुपैयाँ पुगेको छ । 

महासंघका अनुसार चाँदीको मूल्य समेत तोला ४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भइहरेको छ ।  सोमबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्