नाइमा मोबिलिटी एक्स्पोको स्टल बुकिङ खुला, जेठ १९ गतेसम्म आवेदन दिन सकिने
नाइमा मोबिलिटी एक्स्पोको स्टल बुकिङ खुला, जेठ १९ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यस वर्ष आयोजना गर्न लागेको ’नाइमा नेपाल मोबिलिटी एक्स्पो’का लागि बुधबारदेखि स्टल बुकिङ खुला गरेको छ ।
यस अटोमोबाइल प्रर्दशनीमा सहभागी हुन चाहने व्यवसायी तथा कम्पनीहरूले आगामी जेठ १९ गतेभित्र स्टल बुकिङका लागि आवेदन दिइसक्नुपर्ने आयोजक संस्थाले जनाएको छ ।
अटोमोबाइल क्षेत्रको बृहत् कुम्भमेला मानिने यो एक्सपो आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म संचालन हुने तालिका सार्वजनिक गरिएको छ । विगतका वर्षहरूमा झैँ यस पटकको संस्करण पनि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा नै आयोजना गरिने निश्चित भएको छ ।
यस मेलाले नेपालको अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, सवारी साधन र गतिशीलताका आधुनिक आयामहरूलाई एकै ठाउँमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।













