सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँको वृद्धि, चाँदी पनि महँगियो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँको वृद्धि, चाँदी पनि महँगियो



काठमाडाैं । नेपाली बजारमा बिहिबार सुनचाँदीकाे मूल्य बढेकाे छ। बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोलामा १ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ९० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आजका लागि सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ। बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

हिजो बुधबार मात्रै सुनको मूल्यमा एकैदिन तोलामा ३ हजार ३ सय रुपैयाँ र चाँदी ताेलामा १२५ रूपैयाँ घटेकाे थियाे ।

यसैगरी, सुनसँगै आज चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा झरेको थियो।


प्रतिक्रिया दिनुहोस्