नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त
काठमाडौं । सरकारले हवाई क्षेत्रको नियामक तथा सेवा प्रदायक संस्था नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
यसअघिका महानिर्देशक प्रदीप अधिकारी गत मंसिर १७ मा पक्राउ परेपछि उक्त अड्डाको महानिर्देशक पद रिक्त थियो । प्रदीप पक्राउ परेलगत्तै निमित्त महानिर्देशक बनाइएका डंगोल पछि सरुवा भएर पयटन मन्त्रालय तानिएका थिए । त्यहाँ उनी नागरिक उड्डयन महाशाखाको नेतृत्व गरिरहेका छन् ।
उक्त मन्त्रालय अन्तरगत वरिष्ठताका आधारमा तेस्रो नम्बरमा रहेका डंगोल महानिर्देशक भएर जाने भएका छन् । अहिले प्राधिकरणको निमित्त महानिर्देशक पदमा डिओचन्द्र लालकर्ण छन् ।













