आज सुनको मूल्य १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सुनको मूल्य १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने ९० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।












