१७० देशमा रुचाइएको जीडब्लुएमको अत्याधुनिक विद्युतीय एसयूभी नेपाल आउँदै
काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित जीडब्लुएम (ग्रेट वाल मोटर्स) अब नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा, नयाँ सोच र अत्याधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा रहेको छ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल जीडब्लुएमले नेपालका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयुभी सार्वजनिक गर्ने संकेत दिएको छ। कम्पनीले हालसम्म उक्त मोडलको औपचारिक घोषणा नगरे पनि यससँग सम्बन्धित प्रारम्भिक विवरणहरूले अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच उत्सुकता बढाएको छ।
प्राप्त जानकारीअनुसार, आगामी विद्युतीय एसयुभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ्ग रेन्ज, स्मार्ट डिजिटल टेक्नोलोजी, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक ड्राइभिङ्ग एक्सपिरियन्स प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ। यसका साथै आकर्षक डिजाइन, प्रीमियम बाह्य संरचना, विशिष्ट लाइटिङ्ग सिग्नेचर तथा आधुनिक सौन्दर्यशास्त्रले यसलाई सडकमा अलग पहिचान दिने विश्वास गरिएको छ।
विशेष रूपमा यसको बहु–तह सुरक्षात्मक कोटिङ् टेक्नोलोजी युक्त बाह्य सतहले सानातिना स्क्राचेस हरूलाई सूर्यको तापबाट स्वाभाविक रूपमा पुनःस्थापित गर्न सक्ने क्षमता प्रदान गर्ने चर्चा पनि बजारमा भइरहेको छ। यसले गाडीको सौन्दर्य र चमकलाई दीर्घकालसम्म कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
जीडब्लुएमले विश्व बजारमा इलेक्ट्रीक् मोबिलिटि, स्मार्ट् कनेक्टिभिटि, सुरक्षित यात्रा तथा युजर-सेन्ट्रीक् इन्नोभेसन मार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ। यही विश्वव्यापी अनुभव र अत्याधुनिक प्रविधिको संयोजन अब नेपाली ग्राहकहरूले पनि प्रत्यक्ष अनुभव गर्न पाउने अपेक्षा गरिएको छ।
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, पूर्वाधारको विस्तार तथा वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच जीडब्लुएमको आगामी विद्युतीय एसयुभीलाई बजारको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
प्रीमियम डिजाइन्, एड्भान्स टेक्नोलोजी, उत्कृष्ट पर्फमेन्स तथा आधुनिक जीवनशैलीसँग मेल खाने विशेषतासहित आउने यस नयाँ विद्युतीय एसयुभीले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ।
प्रमुख विशेषताहरूः
- ५२० किलोमिटरसम्मको प्रभावशाली ड्राइभिङ्ग रेन्ज्
- ३६०° सराउन्ड भ्यु क्यामेरा र ब्लाइन्ड स्पोट् मोनिटोरिङ् सहितको आत्मविश्वासी ड्राइभिङ्ग एक्सपिरियन्स
- ७ एयरब्याग्स् द्वारा सुरक्षित यात्राको सुनिश्चितता
- १८०° ट्रान्पिरेन्ट् चासिस् टेक्नोलोजि सहित थप सहज, सुरक्षित तथा गाडीमुनिको दृश्यसमेत अवलोकन गर्न सकिने सुविधा
- उद्योगकै अग्रणी एइबि र एमइबि सुरक्षा प्रविधिद्वारा दुर्घटना न्यूनीकरणमा सहयोग
- विश्वका १७० भन्दा बढी देशको अनुभवबाट निर्मित विश्वस्तरीय इन्जिन्नियरिङ्
- २० भन्दा बढी एड्भान्स इन्टिलिजेन्ट ड्राइभर् असिस्टेन्ट् सुविधाहरू
- भविष्यको अनुभव दिलाउने स्मार्ट कोकपित्
- कफी ओएस ३.० एआई सिस्टमद्वारा सञ्चालित बुद्धिमान प्रविधि
- वानटच कन्ट्रोल् मार्फत सहज तथा झन्झटरहित सञ्चालन
- भेन्टिलेसन सुविधासहित ६–तरिकाले विद्युतीय रूपमा समायोजन गर्न मिल्ने प्रीमियम ड्राइभर् सिट्
- पाँच–स्तरीय ब्याट्री सेफ्टी सिस्टम — थप सुरक्षा, थप विश्वास
- सहरदेखि राजमार्गसम्म, हरेक यात्राका लागि ४ स्मार्ट् ड्राइभिङ मोड्स
G
क













